


भैरहवा,१३ असोज। अविरल वर्षाका कारण आएको बाढी, पहिरोमा परेर मृत्यु हुनेको संख्या १०४ पुगेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले आइतबार बिहान ९ बजेसम्मको सार्वजनिक गरेको तथ्यांक अनुसार ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।

हालसम्म ३ हजार ३९ जना बढीको उद्दार गरिएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाले लामो यात्रामा निस्किनुभन्दा अघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९, हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

