Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२८ भदौ। नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णयलाइ स्वेच्छाचारी र असंवैधानिक निर्णय भएको निष्कर्ष निकालेको छ। बारले राष्ट्रपतिको कदम भर्त्सनायोग्य रहेको समेत बताएको छ । बारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, यो कदमले नेपाली जनताले लोकतन्त्रको लागि गरेको लामो र कठिन संघर्षलाइ गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघियता जस्ता उपलब्धीलाइ खोस्ने तर्फ लक्षित छ। हेर्नुहोस् विज्ञप्ती:

Read More

काठमाडौं,२८ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्। प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी छिन्।कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गरेका छन् । त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन्।

Read More

काठमाडौं,२७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेनजीहरुको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन् । ‘प्रिय जेनजी, तपाईंहरुको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ,’ मेयर बालेनले भनेका छन् । उनले जेनजीहरुको यो योगदान अमूल्य रहेको बताएका छन्। ‘तपाईंहरुको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ,’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘तपाईंहरुप्रति असिम सम्मान ।’ आन्दोलनमा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

Read More

काठमाडौं,२७ भदौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने र प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ। उक्त सहमतिलाई महासचिव पोखरेलले बिडम्बनापूर्ण भनेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’

Read More

काठमाडौं,२७ भदौ। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ । अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ । ‘मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो । बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ’ माओवादीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। हेर्नुहोस् विज्ञप्ति :

Read More

काठमाडौं,२७ भदौ। प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्। जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

Read More

काठमाडौं,२७ भदौ। अन्तिरम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायधीश सुशिला कार्कीलाई नियुक्त गरिएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति भवन शीतल निवासमा आजै ८:४५ बजे शपथ लिने तय भएको छ। साथै, संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश कार्कीले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएकी हुन्।

Read More

भैरहवा,२७ भदौ। भैरहवा भन्सार कार्यालयले अत्यावश्यक सामग्रीहरु आयातका लागि सेवा सुचारु गरेको छ। मंगलबार प्रदर्शनकारीहरुले भन्सार कार्यालयमा आगजनी गरेका थिए । जिल्ला सुरक्षा समितिको निर्णयपछि खाना पकाउने ग्याँस, डिजेल, पेट्रोल, औषधि, तरकारी लगायतका सामग्री भित्रिएका छन्। भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले विद्युत सेवा अवरुद्ध भए पनि नेपाल विद्युत प्राधिकरणको सहयोगमा आंशिक रुपमा कार्यालय सञ्चालन गरिएको भन्दै हाललाई सामान्य काउन्टरबाट अत्यावश्यक वस्तुहरुको जाँचपास भइरहेको बताए। उनका अनुसार बिहीबार ४ वटा ग्यास बुलेट र २१ वटा फलफूल, तरकारी तथा खाद्यान्न बोकेका गाडीहरु भन्सार पास भएका छन्। यसैबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरेका…

Read More

भैरहवा,२७ भदौ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लाका व्यवसायीहरुलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गरेका छन्। शुक्रवार बिहान भैरहवामा निकालिएको शान्ति सद्भाव र्‍यालीलाई सम्बोधन गर्दै उनले मर्यादित र सुरक्षित ढङ्गले व्यवसायलाई अगाडि बढाउन आग्रह गरे। प्रदर्शनको क्रममा आगजनी, लुटपाट र तोडफोडका घटनाहरुमा संलग्नहरुको भिडियो फुटेज र फोटो संकलन गरिएको बताउँदै अब क्रमशः पक्राउ गरेर कारवाही गरिने उनले बताए । उनले अब सडकमा आएर अराजक गतिविधि निम्त्याउनेलाई बल प्रयोग गरिने चेतावनी समेत दिए। शान्ति सुरक्षा कायम गर्न र व्यापारिक वातावरणलाई सहज बनाउन प्रशासन कटिबद्ध रहेको सन्देश उनले दिए। र्‍यालीले जिल्लामा शान्ति र सद्भाव कायम राख्न तथा व्यवसायीहरुलाई निर्धक्क…

Read More

भैरहवा, २७ भदौ। रुपन्देहीमा पुनः कर्फ्यु र निषेधाज्ञा आदेश जारी गरिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी भदौ २७ गतेदेखि अर्को आदेश नभएसम्म कफुर्य र निषेधाज्ञा आदेश जारी गरिएको हो। उनका अनुसार अर्को आदेश नभएसम्म राती १० देखि बिहान ६ बजेसम्म कर्फ्यु रहनेछ। कर्फ्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन्। त्यस्तै अर्को आदेश नभएसम्म बिहान ६ बजेदेखि राती १० बजेसम्म निषेधाज्ञा…

Read More