

काठमाडौं,२० कात्तिक। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि १६ जना उम्मेदवार नाम सिफारिस गरिएको छ। छनोट उपसमितिले मूल्याङ्कनका क्रममा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई वर्णानुक्रमअनुसार सूचीमा समावेश गर्दै उनीहरुको नाम सार्वजनिक गरेको हो।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार तयार पारिएको सूचीमा आशुतोष प्रधान, उत्तमप्रसाद देवकोटा, टेकबहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी र रामचन्द्र सेढाईं रहेका छन्।
Advertisement

Advertisement
Advertisement
त्यस्तै, रोहितप्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्रीप्रसाद भट्टराई, सन्तोषविक्रम थापा, सुरेश सिंह बुढाथोकी र हिममत सिंह ऐर पनि संक्षिप्त सूचीमा परेका छन्।
सूचनाअनुसार सूचीमा समावेश भएका १६ जना उम्मेदवारले आगामी मंसिर १० गते आफ्नो प्रस्तुतीकरण दिनुपर्नेछ।
प्रस्तुतीकरणका लागि उम्मेदवारहरुलाई आवश्यक शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रसहित नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन आग्रह गरिएको छ।





