

भैरहवा,२० कात्तिक। रुपन्देहीको बुटवलमा गाडीमा ल्याइएको बोकाको भाडाको विषयमा विवादले भएको कुटपिट घटनामा संग्लन आरोपमा प्रहरीले गाडी चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा पर्नेमा गुल्मीको मालिका गाउँपालिका-४ का ५२ वर्षीय शिव बहादुर खत्री र १८ वर्षीय चमत्कार खत्री रहेको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको विज्ञप्ति अनुसार, गत कात्तिक १७ गते बुटवलको नयाँ बसपार्कमा गुल्मीबाट लु २ ख ५९३० नम्बरमा गाडीमा ल्याइएको बोकाको भाडाको विषयमा विवाद भएको थियो ।
विवाद सिर्जना गरी सेवाग्राहीलाई सार्वजनिक स्थानमा कुटपिट गरेको घटनाको सम्बन्धमा उनीहरुलाई शुक्रवार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





