Close Menu
    What's Hot

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    २०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    २०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    विशेष

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते0
    विशेष

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते0
    विशेष

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:३० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २० कात्तिक। लुम्बिनी बचाउ महाअभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै शुक्रवार लुम्बिनीमा प्रदर्शन गरेको छ ।

    लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको विपरीत रहेको बताउदै नियुक्ति बदर गर्न माग गरे।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    आनी विदेशी र विवादित नागरिक भएको आरोप लगाउँदै उनको नियुक्ति कदापि मान्य नहुने उनले बताए । ‘नागरिकताकै सामान्य विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको सांसद पद खारेज भएको थियो, तर उनै रवि लामिछानेको पार्टी सरकारमा भएका बेला विवादित आनीको नियुक्तिले स्थानियबासी आन्दोलनमा उत्रिनु परेको छ,’ उनले भने ।

    महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले सक्षम र निष्पक्ष विज्ञहरुलाई पन्छाएर विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप लगाए ।

    ‘लुम्बिनीको गरिमा अन्तर्राष्ट्रिय स्तरमा उँचो राख्न, पुरातत्व जोगाउन र अलपत्र परेका गुरुयोजनाका कामहरु समयमै सम्पन्न गर्न रोस्टरका आधारमा ख्यातिप्राप्त विज्ञहरूको खाँचो थियो,’ उनले भने, ‘तर योग्यता र पारदर्शितालाई कुल्चेर प्रतिस्पर्धाको मर्ममाथि कुठाराघात गर्दै विवादित व्यक्तिलाई नियुक्ति गरिएको छ।’

    महाअभियानका प्रवक्ता राम विकास चौधरीले नागरिकता ऐन, २०६३ को दफा २१ बमोजिम झुठा विवरण दिई नागरिकता लिने बिदेशी नागरिकलाई एकदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखी एकलाख सम्म जरिवाना भई नागरिकता स्वतः रद्द हुने कानुनी व्यवस्था रहेको स्मरण गराए ।

    उनले सजाय हुनुपर्ने बिदेशी व्यक्तिलाई समेत कार्यकारी पद दिएर सरकारले गम्भीर गल्ती गरेको बताए। ‘तिहारपछि हामी घरघरबाट उठ्ने छौं। सरकारले नियुक्ति तत्काल बदर नगरे सरकारको ओरालो यात्रा निश्चित छ,’ चौधरीले भने ।

    भ्रष्टाचार विरोधी अभियन्ता सञ्जय कुमार मिश्रले पुराना दलहरुबाट ठगिएका जनताले सुशासनको आशा राखेको सरकारले सुशासनको नाममा लुम्बिनी विकास कोष जस्तो संवेदनशील ठाउँ नै विदेशीलाई सुम्पेको टिप्पणी गरे।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    लुम्बिनी बचाउ महाअभियान लुम्बिनी विकास कोष
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    २०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    २०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.