Close Menu
    What's Hot

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    २०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    २०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार १५:३० गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते0
    विशेष

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते0
    विशेष

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:३० गते0
    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली
    विशेष

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते
    फाइल फोटो।
    advertisement
    advertisement
    advertisement

    सलमान खान
    भैरहवा,२० कात्तिक।कुनै समय भैरहवामा दीपावली (तिहार) केवल एउटा चाडमा सीमित थिएन, सिंगो सहरको उत्सवका रुपमा मनाइन्थ्यो। घर–घरमा केराका बोटले सजाइएका प्रवेशद्वार, लिपपोत गरिएका आँगन र पालामा झलमल्ल बल्ने दीपले सहरलाई नै आकर्षक बनाउँथे। विभिन्न स्थानमा आयोजना हुने सांस्कृतिक कार्यक्रम, देउसी–भैलो र उत्सवमय वातावरणले भैरहवाको दीपावलीलाई छुट्टै पहिचान दिएको थियो।

    त्यतिबेला भैरहवाको दीपावली हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गर्थे। यहाँको सांस्कृतिक रौनकले राष्ट्रिय स्तरमै चर्चा पाउँथ्यो। दीपावलीका आकर्षक दृश्यहरु चर्चित क्यालेन्डरमा समेत प्रकाशित हुने गरेका थिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    तर, समयक्रमसँगै बढ्दै गएको आपराधिक गतिविधि, सामाजिक असुरक्षा, वैदेशिक रोजगारीका लागि विदेशिने बढ्दो क्रमलगायतका कारण भैरहवाले दीपावलीको पुरानो चमक र उत्साह गुमाउँदै गएको स्थानीय जानकारहरुको भनाइ छ।

    भैरहवाको त्यही दशकौं अघिको दीपावली (तिहार) को रौनकलाई स्मृतिमा साँचेर राखेका यहाँका युवा व्यवसायी रहिश खानले गुम्दै गएको भैरहवाको त्यो सांस्कृतिक पहिचान र उत्सवको रौनक फर्काउन विगत दश वर्षदेखि निरन्तर सक्रिय छन्।

    साउण्ड तथा म्युजिक क्षेत्रमा स्थापित ब्रान्ड युनिक साउण्डका सञ्चालकसमेत रहेका खानले व्यक्तिगत लगानीमा प्रत्येक वर्ष दीपावली उत्सव आयोजना गर्दै आएका छन्।

    यस वर्ष पनि उनले कात्तिक २२ गते लक्ष्मीपूजाको अवसर पारेर भैरहवाको मिलनचोकमा ‘युनिक दीपावली महोत्सव’ आयोजनाको तयारी थालेका छन्। आपसी सद्भाव अभिवृद्धि गर्ने, नगरवासीलाई उल्लासमय वातावरणमा तिहारको अनुभूति गराउने, स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने तथा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको व्यवसायी खानले बताए।

    कार्यक्रमलाई लक्षित गर्दै सानु डिपार्टमेन्टल चोक क्षेत्रदेखि मिलनचोक क्षेत्रसम्म आकर्षक बत्तीले सजाइएको छ। सडक क्षेत्रमा गरिने झिलिमिली सजावटले तिहारको माहोल थप उत्सवमय बनाएको र सहरमा दीपावलीको आभास भएको स्थानीय व्यवसायीहरु बताउँछन्।

    खानका अनुसार, दीपावली केवल मनोरञ्जनको अवसर मात्र नभई नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको पर्व हो। यसको संरक्षण र प्रवद्र्धन सबैको साझा जिम्मेवारी भएको उनी बताउँछन्।

    ‘दीपावली (तिहार) हामी सबै नेपालीको पर्व र संस्कृति हो। यसको जगेर्ना हामी सबैले गर्नुपर्छ,’ उनले भने,‘आपसी सामाजिक सद्भाव कायम राख्न, स्थानीय कलाकारको प्रवद्र्धन गर्न र सबैलाई तिहारको अनुभूति गराउन आफ्नै लगानीमा यो कार्यक्रम आयोजना गर्दै आएको हुँ।’

    उनका अनुसार १५ लाखबढी रुपैयाँको लगानीमा यस वर्षको कार्यक्रममा नृत्य, गायनलगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन्। कार्यक्रमले स्थानीय तथा नवप्रतिभाशाली कलाकारलाई आफ्नो कला र क्षमता प्रदर्शन गर्ने अवसरसमेत प्रदान गर्नेछ। चेम्बर अफ कमर्स रुपन्देहीको सहजीकरण तथा समन्वय हुन लागेको कार्यक्रममा विगतका वर्षमा जस्तै यस वर्ष पनि सरप्राइजका रुपमा चर्चित राष्ट्रिय कलाकारलाई स्टेजमार्फत सार्वजनिक गरिने खानले बताए।

    ‘तिहार नजिकिँदै जाँदा स्थानीय व्यवसायीहरुले पनि कार्यक्रमको तयारी कहिलेदेखि सुरु हुन्छ भनेर चासो राख्नुहुन्छ। यस कार्यक्रमले तिहारको रौनक थप्नुका साथै स्थानीय व्यापार व्यवसायलाई समेत चलायमान बनाउँछ’,उनले भने,‘त्यसैले पनि कार्यक्रम आयोजना गर्ने मेरो मनोबल अझ बढेको छ। मैले कमाएको मध्ये केही रकम आफ्नै भैरहवाको लागि खर्च गरौँ र यहाँको आर्थिक तथा सांस्कृतिक गतिविधिमा योगदान पुर्याऔँ भन्ने उद्देश्य पनि हो।’

    खानले आफ्नो पहललाई एउटा सांगीतिक कार्यक्रमका रुपमा मात्र नभई भैरहवाको पुरानो सांस्कृतिक पहिचान पुनर्जीवित गर्ने अभियानका रुपमा लिएका छन्। विगतको जस्तै उल्लासमय दीपावली मनाउन स्थानीयवासी, व्यवसायी तथा विभिन्न संघसंस्थाले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने उनको धारणा छ।

    ‘यस क्षेत्रको प्रवद्र्धन र आर्थिक चलयामान हुनुपर्छ भनेर हामी लागेका छौं,’कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित्र पत्रकार सम्मेलनमा चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले भने,‘रहिशजीले पनि आर्थिक सहयोग पर्दैन सहजीकरण र समन्वय मात्र भए पुग्छ भनेपछि हामीले त्यो गरिरहेका छौं।’

    आयोजकले कार्यक्रममा भैरहवासहित आसपासका विभिन्न क्षेत्रसहित भारतबाट पनि दर्शकहरुको उल्लेख्य सहभागिता रहने जनाएको छ। सांस्कृतिक संरक्षण, स्थानीय प्रतिभाको प्रोत्साहन र सामाजिक सद्भावलाई केन्द्रमा राखेर आयोजना हुँदै आएको युनिक दीपावलीले भैरहवाको पुरानो चाडपर्वको रौनक फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    चेम्बर अफ कमर्स रुपन्देही दीपावली भैरहवा रहिश खान
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    २०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार १५:३० गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.