

भैरहवा, २० कात्तिक। रुपन्देहीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रवार एक सूचना जारी गर्दै प्रचलित परम्परा अनुसार खेल्ने देउसी–भैलो जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो।
Advertisement

Advertisement
Advertisement
साथै, चाडपर्वका अवसरमा सामाजिक सद्भाव कायम राख्दै सुरक्षित, शान्तिपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरेको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार, सर्वसाधारणलाई असर पर्ने गरी ध्वनि प्रदूषण हुने साउण्ड सिस्टम (डिजे) नबजाउन, जुवातास खेल्ने तथा खेलाउनेलगायतका जुवाजन्य गतिविधि नगर्न, भुइँचम्पा, पटका तथा आतसबाजीजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री–वितरण र प्रयोग नगर्न तथा नगराउन आग्रह गरिएको छ।
जारी सूचना विपरित कुनै पनि कार्य गरेको पाइएमा कारवाही हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेद्वारा जारी सूचनामा उल्लेख छ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना :






