

काठमाडौं,१८ कात्तिक। सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद बैठकले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन्।
Advertisement

Advertisement
Advertisement
गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले कार्कीलाई आइजीपीमा नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए। कार्कीलाई पदबाट हटाउनु कारण भने सरकारले खुलाएको छैन।
३४औँ आईजीपीमा नियुक्त भएका केसीलाई बुधबार साँझ दर्ज्यानी चिन्ह प्रदान गरिने बताइएको छ।





