

काठमाडौं,१० कात्तिक। वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर सम्पर्कमा नआएका व्यक्तिहरुलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणको अनुमतिमा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।
Advertisement

Advertisement
Advertisement
तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित कानुनअनुसार यात्रा अनुमति तथा बैंकिङ कारोबार रोक्का गर्नेलगायतका कारबाही अघि बढाइने विभागले जनाएको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी, अनधिकृत रकम असुली तथा नक्कली कागजातसम्बन्धी गतिविधि नियन्त्रण गर्न र पीडित श्रमिकलाई न्याय दिलाउन यस्तो कदम चालिएको हो।
विभागको सूचनाले फरार रहेका आरोपितलाई कानुनी दायरामा ल्याई अनुसन्धान तथा मुद्दासम्बन्धी प्रक्रिया अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





