

लुम्बिनी,१० कात्तिक । रुपन्देही प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँसहित २ जनालाई नियन्त्रणमा लिएको छ।
लुम्बिनी बिकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको विरोध गरेको भन्दै प्रहरीले घरमा सुतिरहेको अवस्थामा मध्यरातमा संयोजक खाँलाई पक्राउ गरेर लगेको सहसंयोजक रामविकास चौधरीले बताए।
Advertisement

Advertisement
Advertisement
कोषको उपाध्यक्षामा डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध महाअभियानले निरन्तर विरोध गर्दै आएको छ।
महाअभियानले सरकारको कदमको भ्रत्सना गर्दै संयोजक खाँको निःशर्त रिहाइको माग गरेको छ।
यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका-६ स्थित सार्वजनिक स्थानमा उत्श्रृंखल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको भन्दै दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का ६१ वर्षीय खाँ र सोही पालिकाको वडा नंं. ९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमानलाई नियन्त्रणमा लिएर सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





