
भैरहवा, २२ असोज । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएको ठुलो परिमाणमा कपडा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरियाको संयुक्त टोलीले बुटवलमा लु १ ख ८३४० नम्बर ट्रक चेकजाँचको क्रममा ५० लाख ४२ हजार बढी मूल्य बराबरको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए । साथै, अवैध साम्रगी ढुवानीमा प्रयोग भएको ट्रक पनि नियन्त्रणमा लिइएको उनले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार बरामद भएको कपडाहरुमा लेडिज उलन सुट २ हजार ८ सय ५७ थान, उलन सुटको कपडा ६ सय ९० रोल, कटन सुट र सेण्डो १ हजार ९ सय ४६, जेन्ट्स सर्ट र कुर्ती ४ सय ७० थान लगायत सुरुवाल, हुडी, जिन्स पाईन्ट, स्वेटर, टप्स लगायतका छन् ।
बरामद कपडा र ट्रक आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।

