


भैरहवा, ४ कार्तिक। राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ सही भएको बताएको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही भएको बताएका छन्।

‘सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ’, केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ।’
सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथी अनुसन्धान हुनुपर्ने राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्त आवाज उठाउँदै आएपनि तत्कालीन माओवादी-एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको बताएका छन्।
पार्टीले सहकारीको समस्या समाधान गर्न सहकारीलाई नियमन गर्ने संयन्त्र बनाउन माग गरेको छ ।

