


भैरहवा, ७ कार्तिक। नेपाली कांग्रेस सिद्धार्थनगर समितिले प्रथम नगर क्रियाशिल भेला एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
पार्टीले कार्तिक १० गते शनिवार हुने नगर भेलाको पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उद्घाटन गर्ने नगर सभापति कोसिस बहादुर खड्काले जानकारी दिए ।

भेलामा नगरमा रहेका १६ सय बढी क्रियाशिल सदस्य, भातृ एवं शुभेच्छुक संस्था, वडा सभापती लगायत सबै कांग्रेसप्रती आस्थावानहरुलाई सहभागी गराउने गरी तयारी गरिएको उनले बताए । उक्त भेलामा पूर्वनगर सभापतिहरुलाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
विजया दशमी, शुभ दिपावली, छठ् पर्व र नेपाल सम्बतको अवसरमा कार्यक्रमको आयोजना गर्न लागिएको पार्टीले जनाएको छ।
कार्यक्रमको तयारीका लागि बिहीवार बसेको नगर समितिको बैठकले सम्मेलन एवं शुभकामना आदान-प्रदान कार्यक्रमलाई सफल पार्ने निर्णय गर्दै सक्रिय सहभागिताकालागी सबै नेता,कार्यकर्ता एवं शुभेच्छुकहरुलाई आग्रह गरेको कार्यक्रम संयोजक एवं नगर उपसभापति देवराज न्यौपानेले जानकारी दिए ।

