Close Menu
    What's Hot

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १३:०२ गते0
    मेन स्टोरी

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:३८ गते0
    विशेष

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:०४ गते0
    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवारका किसानले जनप्रतिनिधीलाई भने–मल वितरणमा विभेद भयो
    अर्थ

    मर्चवारका किसानले जनप्रतिनिधीलाई भने–मल वितरणमा विभेद भयो

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर ४, मंगलवार १३:४० गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता
    मर्चवार, ४ मंसिर । कृषकहरुको अहिले रसायनिक मल वितरण केन्द्र र भण्डारण केन्द्रहरुमा भीड छ । खेतमा मल हाल्नका लागि सबैकाम छाडेर मल प्राप्तीका लागि उनीहरु दौडधुपमा छन् । सरकारले प्रयाप्त मल उपलब्ध गराउन नसकेको दशकौ भयो । केहीले भारतबाट भारतीय प्रहरीको लठ्ठी खाएर र केहीले हारगुहार गरेर लुकिछिपी मल भित्रयाउनुपर्ने बाध्यता छ । समयमा मल हाल्न नपाए अनेक समस्या झेल्नुपर्ने चिन्ताले कृषकहरुलाई सताएको छ ।

    सरकारले उपलब्ध गराएको मल थोरै छ । माग उच्च छ । अनुदानको मल स्थानीय स्तरमा तोकिएको मल वितरण केन्द्रबाट वितरणमा पनि भेदभाव छ । वितरण केन्द्रका संचालक समितिहरुले आफ्नालाई मल वितरण गर्दा लाइनमा बसेका किसानहरु रित्तो हात फर्किनु परेको कयौं उदाहरणहरु छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यस्तै मर्चवार क्षेत्रको मर्चवारी गाउँपालिकाका कृषकहरुले पनि यहाँको सहकारीमाथी मल वितरणमा असमानता र विभेद गरेको दावी गरेका छन् । गाउँपालिकाको वडा नम्बर ६ र ७ मा श्री जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले अनुदानको मल आफ्ना निकटतम व्यक्तिलाई मात्र उपलब्ध गराएको भन्दै वडा नं. ७ का कृषकहरुले गाउँपालिका अध्यक्ष गया प्रसाद बरई र वडाध्यक्ष गणेश चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् ।

    सतचण्डी कृषक समुहका अध्यक्ष विद्या सरन पालले उक्त सहकारीले एउटै वडामा पर्नेगरी निकटतम र समिति व्यक्तिहरुलाई मात्र मल वितरण गरेको दावी गरे ।

    ‘श्री जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले अनुदान वापतको रसायनिक मल समूहका सदस्य, शेयरधनी, नातावाद, जातीवादहरुलाई राति १२ बजे समेत वितरण गरिरहेको अवस्था छ’,जनप्रतिनिधिहरुलाई बुझाइएको ज्ञापन पत्रमा प्रश्न गर्दै भनिएको छ, ‘शेयर सदस्य, स्वावलम्बनका समूहलाई मात्र वितरण गर्दा वडा नंं ७ का अरु किसान होइनन ? किसान हुन भने ७ नं. वडाका अन्य किसानहरुले कहाँबाट प्राप्त गर्ने त्यो कसरी कहाँबाट हुन्छ ? तपाईहरु व्यवस्था मिलाइदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।’

    साथै, उक्त सहकारी संस्थाले नियमविपरित मल वितरण गरेकोले छानबिन गरी कारवाहीको माग समेत गरिएको छ ।

    किसानहरुको मागलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले आगामी दिनमा वडा कार्यालय मार्फत मल वितरण गर्ने ब्यवस्था मिलाउने बताए । वडा नंं ६ र ७ को लागि आउने मल वडाध्यक्षको नेतृत्वमा वडाका किसानहरुलाई सामान रुपले मल उपलब्ध गराउने अध्यक्ष बरईले आशवासन दिएको कृषक समुहका अध्यक्ष पालले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    मर्चवार मर्चवारी गाउँपालिका मल सहकारी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.