Close Menu
    What's Hot

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १३:०२ गते0
    मेन स्टोरी

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:३८ गते0
    विशेष

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:०४ गते0
    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सुप्रिम सहकारी ठगी प्रकरणः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
    अर्थ

    सुप्रिम सहकारी ठगी प्रकरणः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

    रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने र एक अर्ब १२ करोड बिगो मागदावीको राय
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २६, शुक्रबार १७:०८ गते
    फाइल तस्विर।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २६ पुस । रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउनु पर्ने रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा शुक्रवार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए ।

    सहकारीको रकम अपचलन सम्बन्धमा यस अघि लामिछाने गृहमन्त्री भएको बेला एक हजार आठ सय ३१ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ अपचलन गरेको दावीसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

    ‘सहकारीको रकम ठगी विषयमा पुरक जाहेरी दर्ता भएपछि पुरक अभियोजनका लागि पुनः अनुसन्धान गरेर लामिछानेसहित पुनः १४ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ’,प्रहरीले स्रोतले क्लिक लुम्बिनीसँग भन्यो,‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाको विभिन्न दफा अनुसार जेल सजाए र प्रतिवादीहरुसगँ एक अर्ब १२ करोड रुपैयाँ बिगो मागदावी गर्नुपर्ने राय समेत प्रतिवेदनमा समेटिएको छ ।’

    पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको अभियोगमा पोखरा प्रहरी नियन्त्रणमा रहेका लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीवार रिहा भएका हुन् । त्यसलग्त्तै शुक्रवार इलाका प्रहरी कार्यालय बुटवलले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

    ‘प्रहरीले अनुसन्धान प्रतिवेदन हामीलाई बुझाएको छ’,रुपन्देही जिल्लाका न्यायाधिवक्ता प्रेमराज पौडेलले भने, ‘हामी रुजु गर्दैछौँ । अध्ययन गर्छौ । मुद्दा दायर गर्न अझै म्याद छ ।’

    कास्की प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई गत कार्तिक २७ गते भैरहवा ल्याएर सुप्रिम सहकारी रकम अपचलनका सम्बन्धमा साढे २३ घण्टा बयान लिइएको थियो । जसमा उनले इन्कारी बयान दिएका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इलाका प्रहरी कार्यालय बुटवल जिल्ला सरकारी वकिल कार्यालय रवि लामिछाने रुपन्देही प्रहरी सहकारी ठगी सुप्रिम सहकारी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.