

पाल्पा, २२ फागुन । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ र २ को सिमानाको संसारकोट डाँडामा गत मंगलबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो। आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागेका छन् ।





