


पाल्पा, २२ फागुन । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ र २ को सिमानाको संसारकोट डाँडामा गत मंगलबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो। आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागेका छन् ।

