


काठमाडौै, २७ फागुन । प्रहरीले काठमाडौंमा एक थान पेस्तोल, गोली र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२० का ३३ वर्षीय सुदन जोशीलाई रहेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जोशीको कोठामा खानतलासी गर्दा पेस्तोल, गोली र लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका जोशीको साथबाट पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउन्ड, अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट बरामद भएको छ।

