
भैरहवा, २२ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन्। शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै प्रतिवादी लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि उनी पक्राउ परेका हुन्।
प्रहरीले उनलाई काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति पक्राउ गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्य पक्राउ गरिएका लामिछानेलाई प्रक्रियागत रुपमा अदालतमा बुझाइने बताए। पक्राउ पर्नुअघि सभापति लामिछानेले आफु गिरफ्तारी दिन तयार रहेको बताएका थिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले फेसबुकमा लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु।‘ उनले आफूमाथि ठूलो अन्याय भएको बताउँदै न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने उल्लेख गरेका छन्।
‘न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ‘,उनले भनेका छन्। उनले भोलि (शनिबार) चितवनमा हुने भनिएको सभा नरोक्न पनि आग्रह गरेका छन्।

