


काठमाडौं,७ बैशाख। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ संचालित एनआईसी एशिया बैंकको अवस्था नाजुक देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा बैंकको नाफामा भारी गिरावट आएको छ। नाफा बढाउन नसकेको बैंकको भने खराब कर्जा पनि बढेको छ ।
उक्त अवधिमा बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको थियो। नाफा गर्न नसकेको बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत रहेको छ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी पनि २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा रहेको छ।सञ्चालन नाफा पनि ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख २ हजार रुपैयाँ ऋणात्मक छ।
२ खर्ब ९४ अर्ब ६ करोड १ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गेको बैंकले २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ।

