


झापा,६जेठ। झापा प्रहरीले मोटरसाइकल र अटो टेम्पो चोरी घटना संग्लनको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-३ घर भई कन्काई नगरपालिका-६ बुद्धचोकका २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तमोड नगरपालिका-७ का २७ वर्षीय जागिर आलम रहेको प्रहरीले जनाएको छ।

झापा जिल्लाको विभिन्न स्थानमा मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीका ४ वटा मोटरसाइकल र एउटा अटो टेम्पो सहितलाई उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले बताए।
आलम ग्यारेज संचालक हुन् अन्य तीन जना दाजुभाई हुन्। प्रहरीका अनुसार राजवंशी दाजुभाइ चोरीमा संलग्न थिए भने आलम चोरीका मोटरसाइकल बिक्री गर्न सहयोग गर्थे।
उनका पक्राउ परेका आरोपीहरुले चोरी गरेका गाडीहरुको नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै आएका थिए। उनीहरु उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

