
काठमाडौं,८जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना गरेको आरोपमा पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको आरोपमा अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव(इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नविन बुमीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
Advertisement

Advertisement
Advertisement

त्यस्तै सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति) अध्यक्ष विष्णु दत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्की र सडक निर्माण अनुगमन समिति संयोजक दलविर सार्की, समिति सदस्य धर्मराज जैसीविरुद्ध आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
उनीहरुविरुद्ध जनही २३ लाख २२ हजार ८३२ रुपैयाँ विगो र जरिवाना मागदावी गरिएको छ। आर्थिक वर्ष २०७७र०७८ मा गाउँपालिका वडा नम्बर १० स्थित शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको अख्तियारको ठहर छ।
प्रवक्ता पौडेलका अनुसार उक्त सडक निर्माण योजनाको कुल लागत अनुमान ४३ लाख ९५ हजार २ रुपैयाँ तयार गरी उक्त निर्माण योजनामा उपभोक्ता समिति गठन पूर्व नै योजना सम्झौता गरी कार्यादेश दिएको, स्वीकृत लागत अनुमान बमोजिम कार्य नभएको, स्थगल गइ यथार्थपरक नापजाँच गर्नुपर्नेमा सो नगरी कम काम भएकोलाई बढी काम गरेको भनि प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अनुसन्धानबाट खुलेको छ।
यस्तै मूल्यांकन समितिले अनु्गमनका बखत भर्नुपर्ने प्रतिवेदनमा योजनासँग सम्बन्धित सम्पूर्ण विवरण नै नभरी प्रतिवेदन दिइ भुक्तानीको लागि सिफारिस गरेको र सोही बमोजिम भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी उपभोक्ता समितिलाई वास्ताविक भए गरेको कार्यभन्दा २३ लाख २२ हजार ८३२ रुपैयाँ बढी भुक्तानी दिइ उनीहरुले गैरकानुनी लाभ लिई सो गाउँपालिकालाई हानिनोक्सानी पुर्याउने काम गरेको अख्तियारको ठहर छ।

