Close Menu
    What's Hot

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १३:०२ गते0
    मेन स्टोरी

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:३८ गते0
    विशेष

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:०४ गते0
    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पूर्वमुख्यमन्त्री विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    अर्थ

    पूर्वमुख्यमन्त्री विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ २०, मंगलवार १४:०४ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२०जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र पेश गरेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो हैसियत दुरुपयोग गरी गैरकानूनी रुपमा ठूलो परिमाणको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।

    आम्दानीका स्रोत पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता आदिबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र रहेको पाइएको छ। तर, सो अवधिमा सोडारीले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, शेयर लगानी, चुनाव खर्च लगायतका शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेका थिए।

    कुल आय र व्ययको तुलना गर्दा सोडारीको स्रोत नखुलेको रकम १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा रहेको आयोगको दाबी छ। सोडारीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२), दफा १६ को उपदफा (२), दफा २४, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिमको कसुर गरेको अख्तियारको दाबी छ।

    आयोगले सोडारीका श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ।

    विशेष अदालत काठमाडौंमा दायर गरिएको आरोपपत्रमा सोडारीलाई भ्रष्टाचार गरेको ठहर गरी बिगोअनुसार कैद र जरिवाना गराउन माग गरिएको छ। साथै, सोडारीले सम्पत्ति विवरणमा वास्तविक विवरण उल्लेख नगरी झूटा विवरण पेश गरेको पाइएकाले थप कारबाहीको माग गरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अख्तियार दीर्घ बहादुर सोडारी भ्रष्टाचार मुद्दा मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विशेष अदालत सुदूरपश्चिम प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.