
काठमाडौं,२१जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलोमतोमा विभिन्न निर्माण ठेक्काको विज्ञापन प्रकाशनमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सह लेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, प्रभाव राष्ट्रिय दैनिक प्रालिका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पालिकाले आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो।
बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ सार्वजनिक रुपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एकप्रति मात्रै प्रकाशित गरेको पाइएको आयोगको दावी छ।
पत्रिका व्यवस्थापन प्रणालीको पिडिएफ अभिलेखमा समेत कुनै सूचना प्रकाशित भएको नदेखिएको आयोगको ठहर छ। बोलपत्र आह्वानको सूचना सौर्य दैनिकमा एक–एक प्रति मात्रै प्रकाशन गरे गराएको, प्रेस काउन्सिलमा बुझाइएको विवरणमा समेत उल्लेख नभएको, पिडिएफमा समेत नभेटिएको आयोगको आरोप छ ।
सार्वजनिक तवरमा वितरण नगर्ने गरी एक–एक प्रति प्रकाशित गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पाँच जनाविरुद्ध कैद र तीन लाख १६ हजार चार सय बराबरको बिगो असुल उपरको माग दाबीका मुद्दा दायर गरिएको छ।

