


काठमाडौं,२२जेठ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेको दावी गरेका छन्।
बिहीवार अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टी केन्द्रिय कार्यालयमा पत्रकारहरुसँगको कुराकानीमा उनले आफूले कुनैपनि भ्रष्टाचार नगरेको भन्दै राजनीतिक प्रतिशोधका रुपमा मुद्दा चलाइएको बताए।

उनले भने ‘न बिराउनु, नडराउनु। मैले करप्शन गरेको छैन, चुनौतिका साथ भन्छु, राजनीतिक प्रतिशोधका रुपमा आएको भन्ने सिधै देखिन्छ, होइन भने अरु कुरा कानूनी कुरा रहे’।

