
कपिलवस्तु,११असार। कपिलवस्तुमा टिकटक भिडियो बनाउनका लागि खोलामा हामफालेका युवकको मृत अवस्थामा शव फेला परेको छ।
भारतको सिद्धार्थनगर जिल्ला अलिगढवाका २१ वर्षीय इसहाक मुसलमान सोमबार कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ स्थित बेती खोलामा हामफालेपछि बेपत्ता भएका थिए। उनको शव दुई दिनपछि फेला परेको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय पकडीका अनुसार, शुद्धोधन गाउँपालिका-२, सानो नन्दनगरस्थित मामाघर आएका उनी दुई साथीसँग नुहाउनका लागि बेती खोलाको ड्याममा पुगेका थिए। खोला हाम फालेका उनको साथीहरुले भीडियो खिचिरहेका थिए। तर, उनी बाहिर ननिस्कएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी सुरु गरेको थियो।
बेपत्ता भएका इसहाकको शव बुधवार फेला परेको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए। बरामद शव पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको र घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको उनले बताए।

