


दाङ,२५असार। प्रहरीले दाङमा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
सल्यान कपुरकोट गाउँपालिका–३ फलाटे घर भई हाल घोराही उपमहानगरपालिका–१५ स्थित बीपी चोक नजिकको लोटस ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका १९ वर्षीय अजय बिकलाई प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ परेका बिक सुत्ने खाटमुनि ०.३२ बोर क्षमताको एउटा पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने चार थान गोली र सात राउन्ड क्षमताको एउटा म्यागजिन बरामद भएको हो।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

