


भैरहवा,३०असार। रुपन्देही प्रहरीले मानव बेचबिखन गर्न खोजेको आरोपमा आठ वर्षदेखि फरार रहेको एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ न्यू दुर्गानगरको ४६ वर्षीय बिष्णु माया शर्मा परियार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ परेकी परियारले ०७४ बैशाख ७ गते तीन जना महिलाहरुलाई बेचबिखन गर्न भारत हुदै कुवेत तर्फ लैजान लागेको आरोपसहित उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो। घटना पश्चात उनी फरार थिइन्।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले परियारलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

