
मोरङ,३२असार। मोरङ प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–४ का १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रङ्गेली र पोखरियाको संयुक्त टोलीले स्थानीय दिनेश मण्डलले भुस राख्न बनाएको टाटी-बेरा र टिनको छाप्रोमा प्लास्टिकले बेरिएको अवस्थामा मेड इन जापान लेखिएको सिक्सर पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुँडालले बताइन्। साथै, उक्त स्थानबाट खुकुरी, नक र मोबाइल फोन पनि बरामद भएको छ।
Advertisement

Advertisement
Advertisement

घटनामा संग्लन २० वर्षीय मुकेशकुमार महतो फरार छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई युवकविरुद्ध हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको उनले बताइन्।

