
भैरहवा, ६ भदौ । रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–५ का ५० वर्षीय हरि प्रसाद कडेल रहेको प्रहरीले जनाएको छ । उनी कलेज कोच नेपाल प्रालिका संचालक र राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हुन्।
Advertisement

Advertisement
Advertisement

केही दिन अघि रुपन्देही प्रहरीले नेपाल र भारतका विभिन्न विश्वविद्यालयका हजारौं नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्राम, स्ट्याम लगायतका सामग्रीसहित भारतीय नागरिक अभिषेक यादवलाई पक्राउ गरेको थियो ।
लिखित सम्बन्धी कसुर मुद्दामा अनुसन्धानको क्रममा कडेलको संग्लनता देखिएपछि उनलाई चितवनबाट पक्राउ गरेर रुपन्देही ल्याइएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
‘अनुसन्धानको क्रममा कडेलको मुख्य संग्लनता देखिएपछि हामीले उनलाई पक्राउ गरेर रुपन्देही ल्याएका छौँ’उनले भने,‘उनीसँग सोधपुछ भइरहेको साथै घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेका र्छौ ।’

उनका अनुसार पक्राउ परेका भारतीय नागरिक यादवको बयान कडेलको नाम खुलेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।
पक्राउ परेका कडेलको चितवनको भिमोदय माध्यमिक विद्यालयको प्रधानध्यापक भएको बेला शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको विषयमा अख्तियारले ०७९ साल माघ १८ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो । अदालतले ०८० साल फागुन ११ गते उनलाई ६ महिना कैद र १० हजार जरिवाना सजाएको फैसला गरेको थियो ।

