
काठमाडौं,१६ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय (साविक) खोटाङका तात्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराईसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
गैरकानूनी लाभ तथा हानी पुर्याउने बदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

आयोगले भट्टराईसहित तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल शिवराज राईलाई मुद्दामा प्रतिवादी कायम गरेको छ ।
यस्तै लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापकत्रय राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौड्याल, विद्यालयका तत्कालीन लेखापाल सीता कार्की, भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङ समेतलाई आयोगले प्रतिवादी बनाएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरुविरुद्ध जनही पाँच लाखदेखि २४ लाख रुपैयाँसम्म बिगो कायम गरिएको छ ।

