


भैरहवा,३० असोज। एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट सुविधा पाउने भएका छन्। जससम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ।
यस समझदारीसँगै बैंकका ग्राहकले भैरहवास्थित उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ। ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। उक्त होटलसँगको सहकार्यले ग्राहकहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

