

काठमाडौं,१७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
डिभिजन वन कार्यालय इलाममा डिभिजनल वन अधिकृतमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा रहेका श्रेष्ठविरुद्ध पदमा रहँदा गैरकानूनी रुपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Advertisement

Advertisement
Advertisement
आयोगका अनुसार अनुसन्धानका क्रममा उनको पारिश्रमिक, दैनिक भत्ता, श्रीमती र छोराछोरीका आयस्रोत, घरजग्गा, सवारीसाधन, सुनचाँदी, बैंक निक्षेप, सेयर खरिद, वैदेशिक भ्रमणलगायत सम्पूर्ण विवरण विश्लेषण गर्दा आयस्रोतअनुसार नबुझिने सम्पत्ति फेला परेको छ। श्रेष्ठ २०४८ साल असार २६ गतेदेखि विभिन्न तहमा कार्यरत थिए ।
श्रेष्ठको परिवारका नाममा समेत अवैध सम्पत्ति रहेको ठहर गर्दै आयोगले उनका श्रीमती नयना श्रेष्ठ, छोरी भावना बरुवाल र पेई एण्ड इन्भायरोन्मेन्ट रिसर्च अर्गनाइजेशन प्रालिविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारका राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार श्रेष्ठले आफ्नो वार्षिक सम्पत्ति विवरणमा सम्पूर्ण सम्पत्ति नखुलेको, झूटो विवरण पेश गरेको र लुकाएको प्रमाण फेला परेपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित दफा अनुसार कारबाहीका लागि मुद्दा दायर गरेको जनाएको छ।





