


काठमाडौं, १ मंसिर। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।
अधिवक्ता प्रेम सिलवालले राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध निवेदन दर्ता गराएका हुन्।

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश दिएपछि पनि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो। जसअनुसार राजदूतहरु मन्त्रालयमा हाजिर भइरहेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अदालतको अवहेलना निवेदन दर्ता भएको र पहिलो पेसी मंसिर ८ गतेका लागि तोकिएको छ।
निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ।

