
भैरहवा, १४ मंसिर। भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) आजदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ ।
मंसिर १४ देखि १६ गतेसम्म (तीन दिन) कुस्ती प्रतियोगिता सञ्चालन हुने आयोजक संस्था चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले बताए। मंसिर ३ गतेदेखि सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव जारी छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यस क्षेत्रको रैथाने खेलको रुपमा परिचित कुस्तीको प्रवर्द्धनका लागि प्रत्येक महोत्सवमा कुस्ती प्रतियोगिता आयोजना गरिदै आएको संगठनका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताए।
महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने उनको भनाई छ। यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेल प्रदर्शन गरिएको छ।

