


भैरहवा, ५ फागुन । रुपन्देहीको भैरहवास्थित दुई छुट्टाछुट्टै स्थानमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको क्रममा सिद्धार्थनगर नगरपालिका-८ स्थित लुम्बिनी गेट र सिद्धार्थनगर नगरपालिका-९ अंचलपुरमा बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

उनका अनुसार, लुम्बिनी गेट नजिक फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्दा बियरको बोतलभित्र माटो, ढुङ्गा राखिएको र अंचलपुरमा फेला परेको शंकास्पद वस्तु रंगको सानो बाल्टिन (डब्बा) मा पराल पाईएको छ।
बन्दको दिन शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई त्रसित बनाउन खोजिएको प्रहरीले बताएको छ। बन्दको आह्वानका कारण शिक्षण संस्थाहरुमा विदा दिईएको छ भने सडकमा सवारीसाधन आवगमनमा पनि कमी देखिएको छ।

