

काठमाडौं,१६ कात्तिक। नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालन हुँदै आएका खाना पकाउने एलपी ग्यास उद्योगलाई एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। ग्यासको बिक्री वितरणलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले निगमले उद्योगहरुबीच एकीकरणको पहल थालेको हो।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार ग्यास वितरण प्रणालीमा सुधार ल्याउन उद्योगहरुलाई आपसमा गाभ्ने नीति अघि सारिएको हो।
Advertisement

Advertisement
Advertisement
यसका लागि निगमले देशभर सञ्चालनमा रहेका सम्बन्धित ग्यास उद्योगलाई पत्राचार गर्दै एकीकरणको कार्ययोजना तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।
निगमको यो कदम कार्यान्वयनमा आए विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगहरु एकीकृत हुनेछन्। यसबाट ग्यासको आपूर्ति तथा वितरण व्यवस्थापन थप व्यवस्थित हुने र उपभोक्ताले सहज रुपमा सेवा पाउने निगमको अपेक्षा छ।






