Close Menu
    What's Hot

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    २०८३ कार्तिक १७, सोमबार १४:३० गते

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:५७ गते0
    विशेष

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:३० गते0
    अर्थ

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:०७ गते0
    अर्थ

    ४५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई १० लाख, १५ जनाले जिते एक–एक लाख

    क्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १३:४६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग
    विशेष

    कोटहीमाईमा शव बरामद प्रकरण: निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न जनप्रतिनिधिको माग

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ कार्तिक १७, सोमबार १४:३० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१६ कात्तिक। रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ स्थित कटफोरवा नालानजिक धान खेतमा बरामद महिलाको शवको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरिएको छ।

    घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै लुम्बिनी प्रदेशसभा सदस्य वसीउद्दीन खाँसहित कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तव र मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयको समेत ध्यानाकर्षण गराएका हुन्।

    गत कात्तिक १२ गते बिहीबार कोटहीमाई गाउँपालिका वडा नं. ४ र ७ को बीचमा पर्ने कटफोरवा नालाको छेउस्थित धान खेतमा कोटहीमाई गाउँपालिका–५, सानो मझगावाकी जुबैदा खातुनको शव फेला परेको थियो। घटनाको प्रकृति र संवेदनशीलतालाई मध्यनजर गर्दै जनप्रतिनिधिहरुले यसको गम्भीरतापूर्वक अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।

    ज्ञापनपत्रमा घटनाको वास्तविक कारण पत्ता लगाई निष्पक्ष छानबिनमार्फत सत्यतथ्य सार्वजनिक गर्न, घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन तथा मृतकलाई न्याय दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

    त्यस्तै, यस्ता संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन राज्यका सुरक्षा तथा अनुसन्धान निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिइएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध कोटहीमाई गाउँपालिका कोटहीमाई शव बरामद
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एलपी ग्यास उद्योग गाभ्ने तयारीमा आयल निगम, कार्ययोजना बनाउन निर्देशन

    २०८३ कार्तिक १७, सोमबार १४:५७ गते

    ४५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई १० लाख, १५ जनाले जिते एक–एक लाख

    २०८३ कार्तिक १७, सोमबार १३:४६ गते

    २२ वर्षपछि मतदानबाट चुनियो रुपन्देही बारको नेतृत्व, अध्यक्षमा कार्की र सचिवमा खनाल

    २०८३ कार्तिक १७, सोमबार १३:३६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.