


काठमाडौं,१५ चैत।नेपाल विद्युत् प्राधिकरणले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। यससम्बन्धी सूचना प्रकाशित गर्दै प्राधिकरणले शहीद परिवारलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
प्रकाशित सूचनाअनुसार जेन जेड प्रदर्शन तथा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई राहत तथा सहायता उपलब्ध गराउने कार्यविधि, २०८२ को बुँदा नं. ११ अनुसार, शहीद परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ०८२ पुस २० गतेको पत्रका आधारमा प्राधिकरणमा पेश भएका निवेदनहरु प्राप्त भइसकेका छन्।

शहीदसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात अपूर्ण भएका वा नपठाएकाहरुलाई ३५ दिनभित्र काठमाडौंस्थित प्राधिकरणको केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी आवश्यक कागजात बुझाउन आग्रह गरिएको छ।
हेर्नुहोस् सूचना:


