Close Menu
    What's Hot

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    २०८३ कार्तिक १८, मंगलवार १२:४७ गते

    कोटहीमाईमा महिला हत्या प्रकरणमा एउटै वडाका चार जना पक्राउ

    २०८३ कार्तिक १८, मंगलवार ११:५९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    फोकस लुम्बिनी

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:०७ गते0
    विशेष

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १२:४७ गते0
    विशेष

    कोटहीमाईमा महिला हत्या प्रकरणमा एउटै वडाका चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार ११:५९ गते0
    प्रमुख समाचार

    जंगलमा १४ नाल भरुवा बन्दुक भेटियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार ११:३४ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती
    विशेष

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १२:४७ गते
    advertisement
    advertisement
    advertisement

    लुम्बिनी,१७ कात्तिक। सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच छलफल भएको छ।

    लुम्बिनीमा सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको दशौँ डीआईजीस्तरीय समन्वयात्मक बैठकमा सीमा सुरक्षा, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण र सीमा अपराध न्यूनीकरणका विषयमा छलफल भएको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डीआईजी दीपक अधिकारी र भारतीय सशस्त्र सीमा बल, सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका डीआईजी बी. विक्रमनले आ-आफ्नो टोलीको नेतृत्व गरेका थिए।

    बैठकमा मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, लागूऔषध ओसारपसार, तेस्रो मुलुकका नागरिकको गैरकानुनी प्रवेश नियन्त्रण तथा सीमा स्तम्भको मर्मतसम्भारलगायतका विषयमा छलफल भएको थियो। साथै, दशगजा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने, सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने तथा खेलकुद र अन्य संयुक्त गतिविधिलाई निरन्तरता दिने विषयमा दुवै पक्षबीच सहमति भएको डीआईजी दीपक अधिकारीले जानकारी दिए।

    बैठकमा गत वैशाख २२ गते भारतको रुपैडिहास्थित एकीकृत जाँच चौकीमा सम्पन्न नवौँ समन्वयात्मक बैठकका निर्णय तथा एजेन्डाको समेत समीक्षा गरिएको थियो।

    डीआईजी अधिकारीले यस्ता नियमित बैठकले दुवै देशबीच सहमत भएका विषयको कार्यान्वयनमा सहयोग पुग्नुका साथै सीमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सहमतिमा भएका विषय कार्यान्वयनका लागि दुवै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।

    बैठकमा भारतीय पक्षका डीआईजी बी. विक्रमनले डिजिटल बोर्डरको अवधारणा तथा बाहिनीस्तरमा सूचना आदानप्रदानका लागि अनौपचारिक संयन्त्र विकास गर्नुपर्ने धारणा राखेका थिए।

    बैठकमा नेपालका तर्फबाट एसएसपी तेजप्रसाद पोखरेलसहित लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लामा कार्यरत सशस्त्र प्रहरी गणपतिहरुको सहभागिता थियो। त्यस्तै, भारतीय पक्षबाट गोरखपुर र लखीमपुर खिरी सेक्टरअन्तर्गतका पाँच–पाँचवटा बटालियनका कमाण्डरहरु सहभागी भएका थिए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एसएसबी सशस्त्र प्रहरी सीमा सुरक्षा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते

    कोटहीमाईमा महिला हत्या प्रकरणमा एउटै वडाका चार जना पक्राउ

    २०८३ कार्तिक १८, मंगलवार ११:५९ गते

    जंगलमा १४ नाल भरुवा बन्दुक भेटियो

    २०८३ कार्तिक १८, मंगलवार ११:३४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.