


झापा,४ जेठ। सशस्त्र प्रहरीले झापाको काँकडभिट्टा सीमानाकाबाट सुन र विदेशी मुद्रासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कोलकाताका ३९ वर्षीय परम पाठक रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार, पक्राउ परेका पाठकको साथबाट भारतबाट अवैध रुपमा ल्याएको एक करोड ७६ लाख मूल्य बराबरको ५ सय ७० ग्राम सुन, २० हजार अमेरिकी डलर (३० लाख ६५ हजार ने.रु) र ८५ हजार ४ सय १० भारतीय रुपैयाँ बरामद भएको हो।

यस्तै सवारी चालक अनुमति पत्र, आधार कार्ड, विभिन्न बैंकका कागजात, सिमकार्ड, मोबाइल फोन र चेकसमेत फेला पारेको छ ।
बरामद सुन, मुद्रा र पाठकलाई थप अनुसन्धान र कारवाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

