


काठमाडौं,१८ जेठ। विशेष अदालतले विद्युतीय चुरोट (भेप) भित्र सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले महरासँग एक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
कमेन्ट गर्नुस्

