Close Menu
    What's Hot

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १३:०२ गते0
    मेन स्टोरी

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:३८ गते0
    विशेष

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:०४ गते0
    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ब्यक्तिको नाममा दर्ता गरिएको मसानघाटको जग्गा सार्वजनिक गर्ने निर्णय
    फोकस लुम्बिनी

    ब्यक्तिको नाममा दर्ता गरिएको मसानघाटको जग्गा सार्वजनिक गर्ने निर्णय

    adminadmin२०८० माघ २५, बिहीबार १८:११ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा । अवैध तरिकाले ब्यक्तिले दर्ता गराएको शवदहन स्थल (मसान घाट) को जग्गालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले “सार्वजनिक जग्गा” कायम गर्ने निर्णय गरेको छ ।

    रुपन्देहीको साविक भुजौली (हाल सिद्धार्थनगर नगरपालिकां) ७ क कित्ता नम्बर ६१ को १ बिगहा ११ कठ्ठा ५ धुर जग्गा लामो समय देखि सार्वजनिक रुपमा (घाटको रुपमा) उपयोग हुँदै आएको थियो । अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्शुराम घिमिरेले अवैध तरिकाले उक्त जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । सार्वजनिक र मसानघाटको जग्गा व्यक्तिका नाममा दर्ता गरिए पछि यसको चर्को आलोचना भएको थियो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    घटनालाई जानकारीमा लिदै यसबारे जिल्ला प्रशासनले छानविन थालेको थियो । अहिले उक्त जग्गा सार्वजनिक भएको ठहर गर्दै कम्प्युटर इन्ट्रीबाट लगत समेत हटाउन निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । अर्यालले टिप्पणी आदेश उठाएर उक्त जग्गा पूर्ववतः अवस्थामा सार्वजनिक नै कायम राख्ने निर्णय गरेका हुन् ।

    उक्त जग्गालाई निजी स्वामित्वमा लैजाने कुत्सित मनसायका साथ नगरपालिकामा सम्पत्ति कर वुझाएको, श्रेस्ता समेत तयार गरेको तथा कम्प्यूटरमा विवरण प्रविष्टी गरि जग्गा हडप्न खोजेको अनुसन्धानबाट देखिएको उनको भनाई छ ।

    “जानकारीमा आए लगत्तै जग्गा प्रशासन सम्बद्ध कार्यालयहरुलाई थप कार्य अगाडी नबढाउन मौखिक निर्देशन गरी यथास्थितिमै राख्न निर्देशन दिएको थिए” अर्यालले भने “ यसले गर्दा स्वामित्व हस्तान्तरण लगायतका काम कारवाहीहरु अगाडि बढ्न नसकेको अवस्था छ ।”

    मालपोत कार्यालयहरुबाट प्राप्त जवाफ, सम्बन्धित वडा कार्यालयबाट प्राप्त विवरण तथा यस विषयमा हुन सक्ने संभावित निर्णयको जोखिम लगायतका तथ्यहरुलाई मध्यनजर गरी सार्वजनिक जग्गा संरक्षणमा हुन सक्ने क्षति न्यूनीकरण गर्न ४ वटा निर्णय गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारीले जग्गा दर्ता प्रकृया अगाडी नबढाउन र स्वामित्व (सार्वजनिक) यथास्थितमै राख्ने निर्णय गरेका छन् । कुनै व्यक्ति संघ संस्थाको नाममा स्वामित्व कायम हुने गरी थप श्रेस्ता कायम नगर्न, जग्गा धितो रजिष्ट्रेशन अंशबण्डा लगायतका कारोबार नगर्न मालपोत कार्यालयहरुलाई पत्राचार गर्ने निर्णय समेत गरिएको छ ।

    यस अघि वडा कार्यालयले तिरो लगायतका राजस्व लिने गरेकोले उक्त कार्य “गैर प्रशासनिक एवं अनुचित” ठहर गर्दै उक्त जग्गाको राजश्च नलिन समेत उनले आदेश दिएका छन् ।

    मालपोत कार्यालयमा ब्यक्तिको नाममा जग्गा दर्ता देखिएकोले उक्त जग्गाको कम्प्युटर प्रविष्टि हटाउने र तयार भएको श्रेष्ता रद्द गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

    अवैध तरिकाले जग्गा नाममा गर्ने ब्यक्ति एवम पदाधिकारीको एकिन गरि कार्यवाही गर्ने र जग्गाको विषयमा हुन सक्ने अवाञ्छित कृयाकलापलाई सुरुवातमै श्रोतमै निरुत्साहित गर्न जग्गालाई तारबार गरी छुट्टयाउने निर्णय भएको छ ।

    मसान घाटको जग्गा आफ्नो नाममा बनाउने घिमिरेको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिएको देखिए पनि मालपोतबाट भने २०७१ सालमा घिमिरेका नाममा दर्ता गरिएको थियो । मालपोत कार्यालय बुटवलबाट ०७१ सालमा उक्त जग्गा घिमिरेका नाममा कम्प्युटरमा इन्ट्री भएको पाइएको थियो । घाटको जग्गा व्यक्तिका नाममा गएको जानकारी पाएपछि स्थानीयले विभिन्न ठाउँमा उजुरी दिएका थिए ।

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    जिल्ला प्रशासन कार्यालय रुपन्देही मालपोत कार्यालय
    admin
    • Website

    सम्बन्धित सामग्री

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.