
दाङ । दाङमा गाेली लागेर घाईते भएको महिला प्रहरीको मृत्यु भएको छ ।
घाेराही उपमहानगरपालिका–१५ दामाेदर चाेकमा ड्युटी गरिरहेको अवस्थामा महिला प्रहरी माथी गाेली प्रहार भएको थियो । गोली तीन राउन्ड चलाईएको थियो ।
Advertisement

Advertisement
Advertisement

गोली लागेर वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको मृत्यु भएको लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायतले बताए ।
घटनाको आरोपमा प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रीलाई लमही नगरपालिका-६ अर्जुनखाेलाबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए । थापा र झाक्री श्रीमान-श्रीमती हुन् ।
झाक्री नेपालगंज तालिम केन्द्रमा कार्यरत रहेकाे बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

![गोली लागेको महिला प्रहरीको मृत्यु [अपडेट]](https://clicklumbini.com/wp-content/uploads/2024/02/FB_IMG_1708013228020-1024x768.jpg)