
रुपन्देहीमा सैनामैना नगरपालिका–१० सालझण्डीमा सवारी दुर्घटना हुदाँ ४३ जना घाइते भएका छन् । दाङबाट काठमाण्डौँ जादै गरेको रा १ ख २७८३ नम्बरको तुल्सीपुर यातायात प्रा.लि.को बस मंगलबार राति करिब १२ बजे सालझण्डीमा रोकि राखेको लु २ ख ६८७ नम्बरको ट्रकमा ठोक्किदा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार घाइते भएका ४३ जनाको राति नै उद्दार गरी बुटवल स्थित चौराह अस्पताल र एडमोन सिटी अस्तालमा उपचारका लागिएको थियो । जसमध्ये १९ जना डिस्चार्ज भएका छन् । ट्रक र बस नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement


