
झापा, १६ साउन । झापा प्रहरीको हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । लागुऔषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ का २८ वर्षीय झकबहादुर खड्काको उपचारको क्रममा मृत्यु भएको झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
उनका अनुसार गत साउन १३ गते मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले खड्कालाई ५ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतभित्र राखिएको थियो । हिरासतमा रहेका खड्का बिरामी परेपछि उपचारका लागि धुलाबारीको आम्दा अस्पतालमा लग्दा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक खड्काको परिवारले शव बुझ्न नमानेको बताइएको छ ।

