


भैरहवा, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रति किलोलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर३७ डलर मूल्य घटाइएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्यसूची आज १२ बजेपछि लागू हुनेछ।

नयाँ मूल्य अनुसार भलवारी डिपो अन्र्तगत रुपन्देही लगायत जिल्लामा प्रतिलिटर पेट्रोल मूल्य १६० रुपैयाँ पचास पैसा र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ पचास पैसा कायम भएको छ ।


