Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पेट्रोलियम पदार्थको मूल्य घटेकोबारे केपी ओलीको फेसबुकमा स्ट्याटस पोष्ट भएपछि…
    अर्थ

    पेट्रोलियम पदार्थको मूल्य घटेकोबारे केपी ओलीको फेसबुकमा स्ट्याटस पोष्ट भएपछि…

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र १६, आईतवार ००:०० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको विषयबारे प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा समाचार शैलीमा जानकारीमूलक स्ट्याटस पोष्ट भएपछि प्रधानमन्त्रीको आलोचना भएको छ ।

    निगमले मूल्य घटाएको विषयमा संचारमाध्यमहरुमा समाचार प्रकाशित भएको करिब एक घण्टा पछि प्रधानमन्त्री रहेका ओलीको आधिकारिक फेसबुक पेजमा मूल्य घटेको विषयमा स्ट्याटस पोष्ट गरिएको थियो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    समाचार तयार पार्दासम्म दुई हजार चार सय कमेन्ट आएको उक्त जानकारीमूलक स्ट्याटसमा अधिकांशले प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । स्ट्याटसको कमेन्टमा केहीले दुई रुपैयाँ घटाएको विषयलाई स्ट्याटस पोष्ट गर्न नहुने र केहीले स्वचालित प्रणालीबाट मूल्यको घटबढ हुने भएकोले प्रधानमन्त्री ओलीले मूल्य घटेको जस लिन खोजेको धारणा व्यक्त गरेका छन् ।

    आशिष अर्याल नामक फेसबुक प्रयोगकर्ताले उक्त स्ट्याटसमा कमेन्ट गर्दै भनेका छन्-‘स्वचालित मूल्य प्रणाली बाट घटेको पेट्रोलियम पदार्थ मूल्य, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा पोष्ट गर्नु भएको देखेर यो देशमा ठुला देखि साना सम्म सबैले गर्ने भनेको स्टन्ट मात्र रहेछ ।यथार्थ।’

    अर्का फेसबुक प्रयोगकर्ता कामदेव ओझा स्ट्याटसको कमेन्टमा लेख्छन्-‘यसमा नेपाल सरकारको कुनै जस वा अपजस छैन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु वा घट्नु भारतमा निर्भर हुन्छ । नेपालमा स्वचालित तरिकाले बढ्ने घट्ने हुन्छ । भारतले महिनाको अन्तिम दिन ३१ तारिख र १५ तारीखमा घटाउने वा बढाउने निर्णय गर्छ त्यसै अनुसार नेपालमा नि घट्ने बढ्ने हो । कसैले स्टाटस हालेर जस वा अपजस नलिए हुन्छ ।’

    त्यस्तै फेसबुक प्रयोगकर्ता शिवेन्द्र कुमार यादवले प्रश्न गर्दै उक्त स्ट्याटसमा कमेन्ट गरेका छन्-‘स्वचालित प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य परिवर्तन भएर आए बमोजिम नै नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन गरिएको हो कि सस्तो लोकप्रियताका लागि सरकारी स्वामित्वमा रहेको सार्वजनिक संस्थानलाई नोक्सानमा पुर्याउने गलत मनसायका साथ ठाडो हस्तक्षेपबाट पेट्रोलियम पदार्थको मूल्यमा परिवर्तन गरिएको हो ?’

    नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रति किलोलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर ३७ डलर मूल्य घटाइएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    केपी ओली नेपाल आयल निगम पेट्रोलियम पदार्थ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.