
काठमाडौँ, १८ भदौ। काठमाडौँ महानगरका मेयर बालेन साह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरि आक्रामक भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बालेनले आफु गलत भए पक्राउ गर्न चेतावनी दिदै अन्यथा दोषीलाई पक्राउ गर्न चुनौती दिएका छन् ।
Advertisement

Advertisement
Advertisement

बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पोस्ट हटेपछि अनेकौं टिप्पणी भइरहेका छन् । यसैबीच बालेनको सचिवालयले मंगलबार सो पोस्ट् कसैले रिपोर्ट गरेका कारण फेसबुकले नै डाउन गरिदिएको स्पष्ट गरेको छ ।
यसै प्रसंगमा बालेनले पोस्ट् उडाउने होइन भन्दै दोषीलाई समात्न आग्रह गरेका हुन् । उनले स्ट्याटस लेख्दै भनेका ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’

