
भैरहवा, २३ भदौ। अदालतबाट दोषी ठहर भएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष अघि किर्ते मुद्दामा दोषी ठहर भएका प्रदेशसभा सदस्य केसीले अदालत पुगेर आत्मसर्मण गरेपछि सजाए भुक्तानका लागि उनलाई कारगार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जानकारी दिए ।
श्रीमतीसगँको अंश मुद्दामा केसीले किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ असार ९ गते दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवाना सजाएको फैसला गरेको थियो । तर, त्यसयता उनी फरार भई खोजीको सूचीमा रहेपनि पक्राउ परेका थिएनन् । उनी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
Advertisement

Advertisement
Advertisement


