
भैरहवा, २४भदौ। लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को सोमबारको बैठकले ऐन संसोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

विभिन्न दफा र उपदफाहरुमा संसोधन गर्नुपर्ने आवश्यक देखिएपछि सरकारले ऐन संसोधनको प्रस्ताव अघि बढाएको हो । ०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते सभाबाट पारित भएको थियो ।
प्रदेश प्रमुखले विधेयकलाई मंसिर २१ गते प्रमाणिकरण गरेपछी कार्यान्वयनमा आएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार प्रदेश सभामा ऐन संसोधनको विधेयकको प्रस्ताव दर्ता हुने छ । आगामी प्रदेशसभा बैठकमा ऐन संसोधन प्रस्ताव पेश हुने सम्भावना छ ।

